Demo
Demo

बुटवल,५ फागुन ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले आफ्नो जन्मदिन गाैशाला र मानव सेवा आश्रममा मनाएका छन् ।

 

केक काटेर जन्मदिन मनाउन छाडेर बुटवलकाे दिपनगर स्थित गाैशालामा रहेका गाई गाेरूलाई आहार खुवाउनुका साथै बुटवलकै सुख्खानगरमा रहेको मानव सेवा आश्रममा आश्रतिहरूलाई भाेजन गराएर मनाएका हुन् ।

साे अवसरमा नगर प्रमुख पाण्डेयले जन्मदिनमा केक काटेर भाेजभतेर गर्नुको सट्टा सामाजिक सेवाका कार्य गर्नु उचित हुने भन्दै नगर प्रमुख पाण्डेयले आफुले बिगतदेखिनै मानव सेवा आश्रम र गाैशालामा जन्मदिन मनाउने गरेको र यसलाई आगामी दिनमा पनि निर्न्तरता दिने प्रतिवद्वता ब्यक्त गरे ।

सडक आश्रति मानवहरूलाई आश्रममा ल्याएर सेवा गर्ने जस्तो कार्य सबैभन्दा ठूलो धर्म भएको भन्दै उनलेे जनप्रतिनिधि हुँदा मात्रै नभएर अन्य समयमा पनि जन्मदिन आश्रममै मनाउने जनाए ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारी,मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी,नेपाली कांग्रेसकी महिला नेतृ गंगा पन्थीलगायतले नगर प्रमुख पाण्डेयलाई जन्मदिनको शुभकामना दिदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका थिए ।

आश्रममा हाल ४८ जना आश्रति रहेका छन् ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.