Demo
Demo

बुटवल,५।
बुटवल उपमहानगरपालिका वडा नं ८ वडा कार्यालयले विद्यालय क्षेत्र वरपरकाे सडकमा हुनसक्ने सम्भावित दुर्घटना न्युनिकरण गर्ने उदेश्यले ट्राफिक सचेतना सम्बन्धि हाेर्डिङ बाेर्ड राख्ने कार्य सुरु गरेको छ ।

सार्वजनिक तथा निजी सवारीसाधन भन्दा स्कुल बसहरूले तिब्र गतिमा गुडाउने गरेको सर्वसाधारणको गुनासो धेरै आएकोले विद्यालय क्षेत्र वरपरकाे सडकमा हुनसक्ने सम्भावित दुर्घटना न्युनिकरण गर्ने उदेश्यले ट्राफिक सचेतना सम्बन्धि हाेर्डिङ बाेर्ड राख्ने कार्य सुरु गरिएको बुटवल उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले जानकारी दिए ।

बिशेषगरि विद्यालय खुल्ने समयभन्दा एक घण्टा अघि बिहान ९ बजेदेखि १० बजेसम्म र अपरान्ह ३ बजेदेखि ५ बजेसम्म विद्यालय क्षेत्र वरपरका सडकमा सवारीसाधनकाे गति २० किलोमिटर प्रतिघन्टाकाे दरमा गुडाउन अनुरोधसहितको हाेर्डिङ बाेर्ड राख्ने कार्य सुरु गरिएको वडा अध्यक्ष पंगेनीले बताए ।
वडा भित्र रहेका सात विद्यालयलाई लक्षीत गरि हाल सात ठाउँमा हाेर्डिङ बाेर्ड राख्ने कार्य सुरु गरेको र तत्कालै थप सात ठाउँमा राख्ने तयारी भएको उनको भनाइ छ ।

विद्यालय खुल्ने र बन्द हुने समयमा तिब्र गतिमा सवारीसाधन चलाउदा दुर्घटनाको जाेखिम बढेकाले विद्यालय खुल्ने र बन्द हुने समयमा विद्यालय क्षेत्रमा सवारीसाधनकाे गति सिमित गरिएको वडा अध्यक्ष पंगेनीले बताए ।
सार्वजनिक तथा निजी सवारीसाधन भन्दा स्कुल बसहरूले तिब्र गतिमा गुडाउने गरेको सर्वसाधारणको गुनासो छ ।

बुटवल उपमहानगरपालिका वडा नं ८ काे सुख्खानगरमा रहेका एक सरकारीसहित सात विद्यालय रहेका छन् ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.