बुटवल।
बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिद्वारा सात विद्यालयलाई मन्टेश्वरी बालबालिकाहरुलाई खेलकुद सामाग्री वितरण गरेको छ ।
साेमबार बुटवल उपमहानगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख खेलराज पाण्डेय,उपप्रमुख सावित्रादेवी अर्याल,बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष बाेनिन पियालगायतले उक्त सामाग्री बितरण गरेका हुन् ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले पछिल्लो समय मन्टेश्वरी कक्षाप्रति बालबालिका एवं अभिभावकहरूकाे आकर्षण बढ्दै गएको अवस्थामा आफ्नो आन्तरिक स्रोत नभएका विद्यालयहरूलाई मन्टेश्वरी कक्षा सञ्चालनमा समस्या देखिएकाले त्यस्ता विद्यालयमा अध्ययनरत मन्टेश्वरी बालबालिकाका लागि आवश्यक पर्ने खेलकुद सामाग्री बितरण गरिएको जानकारी दिए ।
आर्थिक अभावका कारण नगरका कुनै पनि बालबालिका गुणस्तरीय शिक्षा हाशिल गर्नबाट बञ्चित हुन नहुने आफ्नो मुल्य मान्यता रहेको भन्दै नगर प्रमुख पाण्डेयले सरकारी विद्यालयहरूकाे शैक्षिक सुधारमा मन्टेश्वरी कक्षा प्रभावकारी देखिएको बताए ।
बुटवलको शैक्षिक विकासमा उपमहानगरपालिकाले ठूलो लगानी गरेको स्मरण गर्दै उनलेे त्यसैको प्रतिफल स्वरूप पछिल्लो समय बुटवल शिक्षा र स्वास्थ्यकाे हवकाे रूपमा विकास भएको उल्लेख गरे ।
बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष बाेनिन पियाकाे अध्यक्षता र नगर प्रमुख पाण्डेयकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जितेश्वरी माद्यामिक विद्यालयका प्रधानाध्यापक उपेन्द्र ज्ञवाली,खेलकुद विकास समितिका पदाधिकारी लालहरी पाण्डेलगायतले आ आफ्नो भनाइ राखेका थिए ।
साे अवसरमा ए बि सि चार्ट (ठूलो सानो ),१-२-३ चार्ट,फलफूल सेट,तरकारी सेट,घरपालुवा जनावर,जंगली जनावर,डक्टर सेट,चित्र ब्लक,क्युविक ब्लक,बलहरूलगायत १४ प्रकारका सामाग्री बितरण गरिएको बुटवल उपमहानगरपालिका खेलकुद शाखा प्रमुख काेपिला ज्ञवालीले जानकारी दिइन् ।