Demo
Demo

बुटवल,२९ बैशाख ।
बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने अन्तराष्ट्रिय मंचमा बुटवलका तीनसहित चार नेपाली बालबालिकाहरुले प्रतिस्पर्धा गर्ने भएका छन ।

आगामी जेठ ८–१५ गतेसम्म फिलिपिन्समा हुने लिटल एण्ड टिन ईन्टरनेश्नल ग्लाम पेजेन्ट २०२५ को छैटौ संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै बुटवलका मिस्टर अभिनव न्यौपाने, मिरिन्जा गाहा, अग्रिमा कुवर र नेपालगंजबाट मिस मोनिका कठायत गरि चार जना नेपाली बालबालिका प्रतिस्प्रर्धामा उत्रने भएका हुन् ।

बालबालिकाहरुमा रहेको प्रतिभालाई ट्यालेन्ट, गाला राउण्ड, प्रश्नावली लगायत विभिन्न राउण्डमा प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने लिटल एण्ड टिन ईन्टरनेश्नल ग्लाम २०२५ को नेश्नल डाईरेक्टर तथा मेजेस्ट्रिक ग्रुपका सिईयो मंजिस गिरिले जानकारी दिए । देशका बिभिन्न ठाउँमा गरिएको अडिशनबाट छनाेट भएका उत्कृष्ट बालबालिकाहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने अवसर पाएको उनले बताए । नेपालको भाषा, भेषभुषा, संस्कृतिलाई अन्तरराष्ट्रिय मंचमा चिनाउने अवसरका रुपमा यो प्रतियोगिता भएको उनकाे भनाइ छ । विगत लामोसमयदेखि बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने महत्वपुर्ण कार्यक्रम गर्दै आएको साे ग्रुपले २०१६ देखि निरन्तर त्यस्ता कार्यक्रम सञ्चालन गरेको छ । सगरमाथा, लुम्बिनी र बिर गोर्खालीको रुपमा रहेको नेपालको पहिचानलाई थप उजगार गर्ने लक्ष्य रहेको उनले बताए ।

ग्रुपको आयोजनामा मोडल अफ लुम्बिनीमा सहभागी भएर विजेता र विभिन्न विधामा उत्कृष्ट बन्दै छनौट भएको उनले बताए । यसअघि समेत धेरै विधामा नेपालबाट प्रतिनिधित्व गरेका बालबालिकाहरुले उपाधि जितेको भन्दै उनले यसपटक अझ राम्रो नतिजा ल्याउने गरि तयारी भैरहेको जानकारी गराए ।

पाँचौ संस्करणमा ३३ देश सहभागी रहेको भन्दै उनले यो छैटौ सिजनमा थप देशहरुकाे सहभागीता रहने बताए ।

यस कार्यक्रमको मुख्य प्रायोजन रूपन्देहीको तिलाेत्तमा स्थित एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रहेको छ ।

एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका निर्देशक बिनोद कुँवरर म्यानेजर सुर्य कुँवरले कार्यक्रमकाे मुख्य प्रायोजन गरेर ठूलो सहयोग गरेको भन्दै उनलेे आभार ब्यक्त गरे ।
निर्देशक कुँवर भने हाल अस्ट्रेलियामा रहेका छन् ।

त्यस्तै नेपालमा पनि जेठमा मास्टर एण्ड मिस लिटल २०२५ को तयारी भैरहेको भन्दै त्यसमा सहभागी भएर आफ्नो प्रतिभा प्रस्फुटन गर्न बालबालिकाहरुलाई आग्रह गरे ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.