Demo
Demo

बुटवल,६ जेठ ।
बुटवलमा जारी प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा कान्ति माबिले अन्तिम चारमा स्थान पक्का गरेको छ ।

जारी प्रतियोगितामा दुई खेलमा लगातार जित निकाल्दै कान्तिले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समिति बुटवलको आयोजनामा मंगलबार भएको पहिलो क्वाटरफाईनल खेलमा कान्तिले एभरेष्ट बोर्डिङ स्कुललाई १ रनले पराजित गरेको थियो ।

बुटवल उपमहानगरपालिका वडा नं १६ नरैनापुर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर एभरेष्टले बलिङ रोजेपछि ब्याटिङ गर्न मैदान उत्रेको कान्तिले निर्धारित १२ ओभरमा ७ बिकेटको नोक्सानीमा ८७ रन जोड्यो ।

खराब शुरुवात गरेको कान्तिका मध्यम क्रमका ब्याट्सम्यानले सम्मानजनक स्कोर खडा गरेको थियो । बिशाल मरासिनीले नटआउट २८ तथा कृष्ण अधिकारीले १३ रनको योगदान दिए । एभरेष्टका सौरभ पाण्डे र आयुष जयसवालले समान २–२ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको एभरेष्ट ११.५ ओभरमा केवल ८६ रनमा समेटियो । उसका लागि कृष्ण चौधरीले १८, रबि यादवले १५ रन जोडे पनि जितका लागि पर्याप्त भएन । कम स्कोरमा रोक्न कान्तिका बिशाल मरासिनीले ३ तथा कृष्ण अधिकारीले २ बिकेट लिए । खेलमा कान्तिका बिशाल मरासिनी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

मंगलबारै भएको अर्को खेलमा टस जितेर कालिका माबिले बलिङ रोजेपछि न्यू होराईजनले निर्धारित १२ ओभरमा ७ बिकेटको नोक्सानीमा ११४ रन जोड्यो । न्यू होराईजनका संगम पाण्डेले २४, सिद्धार्थ ढकालले १४ रन जोडे । कालिकाका शोभाकर सुवेदीले ३ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको कालिका ११.४ ओभरमा सबै बिकेट गुमाएर केवल ४९ रनमात्र जोड्न सफल भयो । कालिकाका लागि आशिष भण्डारीले १३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन । कम स्कोरमा रोक्न न्यू होराईजनका अब्राहम अलिले ४ तथा शुभम पाण्डेले ३ बिकेट लिए । खेलमा अब्राहम अलि प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यता वर्षाका कारण ७ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ रोजेकाे नयाँगाउँले निर्धारित ७ ओभरमा ६० रन जोड्यो । उसका लागि ओपनर सुधन पोखरेलले २७ रनको योगदान दिए । कम स्कोरमा रोक्न सुमितका समिर परियार र अफ्रिथ खानले समान २–२ बिकेट लिए । ६१ रनको लक्ष्य पछ्याएको समिट ७ ओभरमा ७ बिकेटको नोक्सानीमा ३० रनमा समेटियो । उसका लागि ओपनर अफ्रिथ खानले ६ रन जोडे । नयागाउका बिशव रायमाझीले २ बिकेट लिए । खेलमा सुधन पोखरेल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३० हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने नगर खेलकुद विकास समितिका संयोजक बाेनिन पियाले जानकारी दिए । प्रतियोगितामा म्यान अफ द सिरिज ८ हजार तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यानलाई जनही ५ हजार रुपैया, मेडलबाट प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक पियालेे बताए । प्रति खेलाडी १ लाख रुपैया बिमा र क्यानको समन्वयमा प्राविधिक पक्षलाई अघि बढाईएको खेल संयोजक सरोजसिहले बताए । यही जेठ ९ गतेसम्म संचालन हुने प्रतियोगितामा संस्थागत १० र सामुदायिक ७ गरि १७ टिमकाे सहभागीता रहेको नगर खेलकुद विकास समिति सदस्य सुनिता गिरीले जानकारी दिइन् ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.