Demo
Demo

बुटवल,३० माघ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रेस स्वतन्त्रता र नागरिकको माैलिक हक तलमाथि हुनेगरी पार्टीले कसैसँग कुनै किसिमको सम्झौता नगर्ने बताएका छन् ।

बुधबार बुटवलमा आयाेजित नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेश समितिकाे प्रथम अधिवेशन उदघाटन गर्दै महामन्त्री थापाले प्रेस स्वतन्त्रता र नागरिकका माैलिक हक स्थापित गर्न कांग्रेसले लामो समय संघर्ष गरेकोले त्यसमा कांग्रेसले कुनै सम्झौता नगर्ने बताएका हुन् ।

नेपाली कांग्रेस स्थपापनाकालदेखि समानुपातिक समावेशीताकाे सिद्धान्त अवलम्बन गरेको उदाहरण दिदै उनलेे संघीय लाेकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशीतालाई कांग्रेसले कहिल्यै नछाड्ने दाबी गरे ।

बर्तमान सरकार कांग्रेसले चाहेर र कांग्रेसको प्रयासका कारण गठन भएको नभई समय र परिस्थितिकाे उपज भएको भन्दै महामन्त्री थापाले यो तीन बर्षकाे अवधिलाई जनताको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्नेमा जाेड दिए ।

भएका अधिकार कटौती गर्नका लागि नभएर संविधानमा भएका अस्पष्टता र अफ्ठ्यारा फुकाउनका लागि संविधान संशोधनको कुरा उठेको भन्दै उनलेे भएका प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि संविधान संशोधन गर्न लागिएको दाबी गरे ।

पार्टीको आगामी महाधिवेशन पुर्वनिर्धारित समयमै हुने भन्दै उनलेे महाधिवेशनसँग सम्बन्धित आवश्यक प्रक्रिया अगाडि बढाउन पनि उनलेे नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.