Demo
Demo

भैरहवा,३० माघ ।
रूपन्देहीको सिद्वार्थनगर नगरपालिका वडा नं १२ शान्तिनगर स्थित शान्ति बुद्ध गुम्बामा अतुल्य धम्मदान तथा अमृत धम्मदेशना कार्यक्रम सम्पन्न भएको छ ।

भगवान गाैतम बुद्वले परिनिर्वाण घाेषणा गरेकाे अपुर्व दिवसको पुनीत अवसरमा बाैद्व समाज नेपाल केन्द्रीय समितिद्वारा आयोजित संघरत्न भेला एवं अतुल्य धम्मदान तथा अमृत धम्मदेशना कार्यक्रम सम्पन्न भएको हो ।

साे अवसरमा लुम्बिनी स्थित सिंगापुर गुम्बाका प्रमुख,खेम्पाे फुर्वा शेर्पा ( लामा) ले आजकै दिन भगवान गाैतम बुद्धले परिनिर्माण घाेषणा गरेको भन्दै आजको दिनलाई दान उत्सव (धम्म दान ) दिवसकाे रूपमा मनाउन थालिएको उल्लेख गरे ।

बाैद्व समाज नेपाल केन्द्रीय समितिका अध्यक्ष शंकर गाहाकाे अध्यक्षतामा भएको कार्यक्रममा शान्ति बुद्ध गुम्बा शान्तिनगरका प्रमुख लामा गाैतम,बाैद्व समाज नेपालका सल्लाहकार तथा बिमलबहादुर शाक्य,अर्का सल्लाहकार तथा लुम्बिनी बाैद्व विश्व विद्यालयका विद्यावारिधि साेधार्थी डिबी पुन,बाैद्व समाज नेपालका बरिस्ठ उपाध्यक्ष हरिओम बिकेलगायतले आजको दिनकाे महत्त्व र दान तथा धम्मदेशना महत्त्व बारे प्रवचन दिएको समाजका महासचिव समेत रहेकी कार्यक्रम सञ्चालक राधिका श्रीसले जानकारी दिइन् ।

माघ पुर्णिामा अर्थात् आजकै दिन भगवान गाैतम बुद्वले अबको तीन महिनामा आफुले परिनिर्माण गर्नेछु भनि घाेषणा गरेको र त्यसको ठिक तीन महिनामा परिनिर्माण भएकोले माघ पुर्णिामा सहित १२ वटै पुर्णिामाकाे उत्तिकै महत्त्व रहेको अध्यक्ष गाहाकाे भनाइ छ ।

४५ बर्षसम्म अनवरत धम्मदेशना गरी भगवान गाैतम बुद्वले परिनिर्माणकाे घाेषणा गरेको भन्दै सहभागीहरूले सबैभन्दा ठूलो दान ज्ञान दान भएको बताए ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.