Demo
Demo

बुटवल,४ फागुन ।
बुटवल उपमहानगरपालिका वडा नं १६ नरैनापुर स्थित नरैनापुर आधारभूत विद्यालयकाे ५७ औं बार्षिकाेत्सव तथा अभिभावक दिवस सुरु भएको छ ।

चार दिवसीय रूपमा मनाउन लागिएको बार्षिकाेत्सव कार्यक्रमकाे आइतबार बुटवल उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष कृष्णप्रसाद पाैडेलले उद्घाटन गरेका हुन् ।

साे अवसरमा वडा अध्यक्ष पाैडेलले उपमहानगरपालिका भएर पनि पछि परेको क्षेत्रमा रहेर पनि पछिल्लो समय विद्यालयले राम्रो नतिजा दिन सफल भएको भन्दै आगामी दिनमा थप राम्रो नतिजा ल्याउन सफल हुने विश्वास ब्यक्त गरे ।

३/४ बर्ष अगाडि ३०/३२ जना विद्यार्थीले पठनपाठन गर्ने गरेको स्मरण गर्दै उनलेे हाल दुई सयबढी विद्यार्थी अध्ययनरत रहेकोमा खुसी ब्यक्त गरे ।

पुरानो शिक्षा पद्धतिलाई परिमार्जन गर्दै प्रविधिमैत्री र सिपमुलक शिक्षा अहिलेकाे आवश्यकता भएको बताउदै वडा अध्यक्ष पाैडेलले विद्यालयकाे समग्र विकासका लागि वडा कार्यालयबाट आवश्यक बजेट छुट्टयाइएको र त्यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्वता जनाए ।

 

कार्यक्रममा पुर्व गाउँ पालिका उपाध्यक्ष घनश्याम चालिसेले पछिल्लो समय विद्यालयले सुबिधा सम्पन्न निजी शिक्षण संस्थाकै सरह नतिजा दिन सफल भएको भन्दै विद्यालयका शिक्षक तथा ब्यवस्थापन समितिप्रति आभार प्रकट गरे ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष पार्वती चालिसेकाे सभापतित्व र वडा अध्यक्ष पाैडेलकाे प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक अम्बिका अर्याल,शिक्षक फ्रदिप परियारलगायतले विद्यालयकाे आगामी योजना र कार्यक्रम बारे आ आफ्नो भनाइ राखेका थिए ।

आइतबारदेखि सुरु भएको बार्षिकाेत्सव कार्यक्रम अन्तर्गत आजबाट बिभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुनुका साथै बिबिध सांगीतिक कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक अर्यालले जानकारी दिइन् ।

बार्षिकाेत्सव कार्यक्रम अन्तर्गत यही फागुन ७ गते मूल समारोह आयोजना गरिएको उनलेे बताइन् ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.