Demo
Demo

बुटवल,३ फागुन ।
बुटवल उपमहागनरपालिकाले ६६ औं स्थापना दिवस धुमधामको साथ मनाएको छ ।

शनिबार विभिन्न जातजाती ,भाषाभाषी, धर्म, संस्कृतिका झाँकीसहित उपमहानगरपालिकाको परिसरमा मुल समारोहको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा आयोजित मूल समारोहको उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्दै बुटवललाई आर्थिक तथा ब्यापारीक केन्द्र मात्रै नभएर राजनीतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण शहरको रूपमा स्थापित भएको बताए । बुटवललाई लुम्बिनीसँग जोडेर पर्यटकीय विकास गर्न सकिने भन्दै उनले यसबाट पर्याप्त लाभ लिन सरोकारवालाहरूलाई आग्रह समेत आग्रह गरे ।

राजनीतिक स्थायित्वबीना मुलुकको विकास र समृद्धि सम्भव नभएको भन्दै उपप्रधानमन्त्री सिंहले संघीयताको कार्यान्वयन गर्दै राजनीतिक स्थायित्व र समृद्धिका लागि कर्तमान गठवन्धन बनेको उल्लेख गरे । छिटोछिटो सरकार परिवर्तन हुँदा मुलुकको विकासमा कठिनाइ उत्पन्न हुँदा जनतामा निराशा छाएको बताउदै उनले जनतामा छाएको निराशालाई चिर्दै जनचाहना अनुसार विकास र समृद्धिका लागि दुई ठूला दल मिलेर सरकार बनाउनुपरेको दाबी गरे ।

लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले मिशन ८४ होइन मिशन २०२५ मा लाग्नुपर्ने बताए । जनतामा निरासा छाउनुको कारण मध्ये संविधानको पुर्ण कार्यान्वयन नहुनु मुख्य कारण रहेको बताउँदै उनले संघीयता कार्यान्वयन गर्दै मुलुकलाई विकास र समृद्धिकाे बाटोमा लैजानुपर्नेमा जाेड दिए ।

सत्तामा हुँदा एउटा कुरा र सत्ताबाट हटेपछि अर्को कुरा गर्ने प्रबृत्ति अन्त्य गर्न जरुरी रहेको भन्दै उनलेे मुलुककाे विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकतावद्व भएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भौतिक पुर्वाधारको विकाससँगै मानविय संसाधनको विकासलाई बुटवलले प्राथमिकता दिएको बताए । उपमहानगरपालिकाले भौतिक पुर्वाधारको विकासमा ५१ प्रतिशत र मानवसंसाधनको विकासमा ४९ प्रतिशत बजेट बिनियोजन गर्दै आएको जानकारी गराए । भौतिक पुर्वाधारको विकाससँगै मानवीय संसाधनको विकासमा सीप,रोजगार,शिक्षा, स्वास्थ्य लगायत सामाजिक दायित्वलाई जोड दिएको उनलेे बताए । बुटवललाई सबै जात जाती,भाषा भाषि,,धर्म समुदायको साझा बुटवल बनाउने अभियानमा लागेको उनकाे भनाइ छ । बर्दघाटदेखि चन्द्रौटासम्मको क्षेत्र देशकै प्रमुख आर्थिक केन्द्रको रूपमा स्थापित हुने र त्यसको नेतृत्व बुटवलले गर्ने मेयर पाण्डेयले बताए । कक्षा कोठा अभावमा बार्षिक दश हजार विद्यार्थीलाई भर्ना गर्न नसकेर फिर्ता पठाउनु परेको गुनाशो गर्दै मेयर पाण्डेयले संघीय र प्रदेश सरकारले विद्यालयको भौतिक संरचना निर्माणको लागि सहयोग गरे बार्षिक हजारौं विद्यार्थीलाई पठनपाठन गराउन सकिने बताए । बुटवल हाल ९३ हजार विद्यार्थी अध्ययनरत रहेको भन्दै नगर प्रमुख पाण्डेयले विद्यालयका भाैतिक संरचना निर्माणमा सहयोग गर्न संघीय सरकार र प्रदेश सरकारलाई आग्रह गरे ।

बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाले बुटवलले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको विकास सबै स्थानीय तहको लागि उदाहरणीय रहेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका पुर्व मेयर शिवराज सुवेदी, बुटवलका पुर्व उपमेयर रामेश्वर प्रसाद श्रेष्ठ, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्याल,बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्याल लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

साे अवसरमा ज्येष्ठ नागरिक,शिक्षक,समाजसेवी,पत्रकार,टोल विकास संस्था उत्कृष्ट करदाता,राजनीतिक दलका नेताहरू लगायतलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.