Demo
Demo

बुटवल,१३ फागुन ।
नेपाल बिलियर्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देही र खस्यौली स्नुकर क्लबद्वारा बुटवलमा आयोजित नेपालमै सर्वाधिक पुरस्कार राशिको राष्ट्रिय स्नुकर प्रतियोगिताकाे दाेस्राे दिन मंगलबारसम्म ३० खेल सकिएको छ ।

साेमबारदेखि सुरु भएको प्रथम अल नेपाल बुटवल मेयर कप खुल्ला स्नुकर च्याम्पियनसीप अन्तरस्राे दिन बेलुकासम्म ३० खेलाडीले प्रतिस्पर्धा गरेको नेपाल बिलियर्डस् स्नुकर एण्ड पुल एशोसियसन रूपन्देहीका महासचिव प्रकाश क्षेत्रीले जानकारी दिए ।

प्रतियोगितामा सहभागी ३० खेलाडी मध्ये १५ जना खेलाडी दाेस्राे चरणमा प्रवेश गरेको उनलेे बताए ।

दाेस्राे चरणका लागि छनाेट भएका १५ खेलाडीमध्ये हेटौंडाका नितिश फण्डवाल र गणेश दर्लामी वाकओभर पाएर दाेस्राे चरणमा स्थान बनाएका हुन भने १३ जना प्रतिस्पर्धाबाट छनाेट भएका हुन् ।

प्रतियोगिता अन्तर्गत यही फागुन १५ गते मध्याह्न सम्म पहिलो चरणका खेल सकेर साेही दिन दिउँसो ३ बजेदेखि दाेस्राे चरणका खेल सुरु हुने खेल संयोजक शिशिर गुरुङले बताए ।

फागुन २१ गतेसम्म चल्ने प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीपको विजेताले नेपालमै सर्वाधिक पुरस्कार राशि तीन लाख तीन हजार तथा उपविजेताले एक लाख एक हजार तथा हाइएस्ट ब्रेकरले ५५ हजार रुपैया नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष सुजन पुनले जानकारी दिए ।

त्यस्तै सेमिफाईनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०–३० हजार रुपैया,राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने पुरस्कार प्राप्त गर्ने अध्यक्ष सुजन पुनले बताए ।

बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा सञ्चालित प्रतियोगितामा रुपन्देही, काठमाडौं, पोखरा, धरान, ललिलतपुर, भक्तपुर, नारायणगढ, हेटौंडा, इटहरी, बिर्तामोड, बनेपा, परासी, तौलिहवा लगायतमा देशका प्रमुख शहर र जिल्लाबाट १२८ खेलाडी सहभागी रहेको आयोजकले जनाएका छन् ।

प्रतियोगिताको साेमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.