Demo
Demo

बुटवल,१३ फागुन ।
बुटवल उपमहानगरपालिकाकाे आयोजनामा सञ्चालित महिला समुहका लागि १५ दिने पंचेबाजा बाजा बजाउने तालिम सम्पन्न भएको छ ।

मौलिक लोक संस्कृति जगेर्ना तथा संस्कृति संरक्षण गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले नगर भित्रका विभिन्न आमा समुहहरुलाई नगरा, मंगल धुन, नाच्ने धुन लगायतका बाजा बजाउने तालिम दिईएको हो ।

तालिमको मंगलबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले पाँच वटा महिला सम्पन्नसमुहलाई नौमति बाजा सेट हस्तान्तरण गरेर समापन गरेका हुन । त्यस अवसरमा नगर प्रमुख पाण्डेयले मौलिक लोक संस्कृति जगेर्ना तथा संस्कृति संरक्षण गर्ने उदेश्यले महिला समुहलाई पन्चेबाजा बजाउने तालिम दिइएको बताए ।
महिला समुहको आग्रहमा तालिम दिईएको भन्दै उनलेे तालिमलाई अवसरका रुपमा लिएर महिला समुहले भाग लिएकोमा खुसी ब्यक्त गरे ।

बुटवल उपमहानगरपालिकालाई सबै जात जाती,भाषा भाषी,धर्म समुदाय तथा राजनीतिक दलको साझा थलोका रूपमा विकास गर्ने आफुहरूकाे योजना रहेको भन्दै नगर प्रमुख पाण्डेयले साेही अनुसार बिभिन्न जात जाती,भाषा भाषी तथा धार्मिक समुदायको कला संस्कृति तथा परम्परागत सीप विकास तालिम प्रदान गर्दै आएको जानकारी गराए ।

कार्यक्रममा उपमेयर सावित्रादेवि अर्यालले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने उदेश्यले उपमहानगरपालिकाले बिभिन्न किसिमका सिप विकास तालिम दिदै आएको बताइन् ।

महिलाहरूलाई बिभिन्न किसिमका सीप सिकाउदै आयआर्जनमा जोड्ने गरि सिप सिकाएको भन्दै उनलेे आफुले सिकेका सीपलाई ब्यवहारमा उपयोग गरेर आर्थिक उपार्जन गर्न आग्रह गरिन् । उमेर समुह अनुसार प्रशिक्षार्थीहरूलाई सिक्न समेत कठिन भएको हुनसक्ने भन्दै उनलेे तालिम प्राप्त महिला समुह निरन्तर आत्मनिर्भर बन्ने तर्फ अग्रसर हुनुपर्नेमा जाेड दिइन् ।

कार्यक्रममा प्रशिक्षार्थी ईश्वरा पन्त बश्यालले आमा समुहलाई लक्षित गरि आयआर्जनमा जोड्ने गरि तालिम दिएकोमा खुसी ब्यक्त गरिन् । सिपसंगै सामग्री पाउदा धेरै खुशी लागेको भन्दै उनलेे तालिमले उर्जा थप्ने काम गरेको बताइन् ।

उनलेे आगामी दिनमा थप रचनात्मक तालिमहरु दिन आग्रह समेत गरिन । तालिममात्र नभई समाजमा सबै जातजाती र समुदायमा मिलेर बस्ने र ब्यवहार गर्ने ब्यवहारिक ज्ञान समेत पाएको उनले बताईन ।

कार्यक्रममा नेपाल संगित नाट्य प्रतिष्ठानका प्राज्ञ दुर्गा रायमाझी, बरिष्ठ नृत्य निर्देशक कृष्ण रेउले, राष्ट्रिय लोकदोहरी प्रतिष्ठानका केन्द्रिय सदस्य डिल्लि नारायण पाण्डे,प्रशिक्षक सुरेश सेन्चुरीलगातले तालिम उपलब्धिमुलक भएको बताए ।

विभिन्न आमा समुहका ६५ जना महिलाहरुलाई ५ समुह बनाएर प्रशिक्षण दिइएको बुटवल उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख तथा कार्यक्रम संयोजक दामोदर ज्ञवालीले बताए । केहि समयपछि थप पाच समुहलाई तालिम दिईने पनि उनले बताए ।

तालिममा सुरेश सेन्चुरी, अनिल पहाडी लगायतले प्रशिक्षण दिएका थिए ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.