Demo
Demo

बुटवल,१३ फागुन ।
नेपाली कांग्रेसको रास्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान अन्तर्गत यही फागुनको १८ गते बुटवलमा लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागकाे आयोजनामा हुने कार्यक्रममा तथ्यमा आधारित प्रचारका लागि पार्टीका नेताहरुलाई प्रशिक्षण दिने योजना रहेको विभागले जनाएको छ ।

नेपाली काँग्रेस सुचना,संचार तथा प्रचार विभागले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी यही फागुन १८ गते रुपन्देहीमा प्रदेश स्तरीय कार्यक्रमकाे तयारी बारे जानकारी गराएको हो ।

‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ भन्ने नारासहित गर्न लागिएको प्रशिक्षण कार्यक्रममा प्रदेशका १२ वटै जिल्लाका पार्टी सभापति, सचिव, पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, पार्टीबाट निर्वाचन प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्यहरु, पालिका प्रमुख तथा उपप्रमुख, प्रचार विभागका पदाधिकारी, पार्टीको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनका प्रदेश तथा जिल्ला सभापतिहरु, केन्द्रीय पदाधिकारी तथा सदस्यहरु सहभागि हुने प्रचार विभागकी केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक कमला पाण्डेले जानकारी दिइन् ।

एक दिने प्रशिक्षण कार्यक्रममा जगत नेपाल र हरिबहादुर थापाले प्रशिक्षणमा सहजिकरण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको उद्घाटन पार्टीका वरिष्ठ नेता डा. शेखर कोईरालाले कार्यक्रम तय भएको संयोजक पाण्डेयले बताइन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले गरेका राम्रा कामको पनि बस्तुपरक रुपमा सञ्चार गर्न नसक्दा आम नागरिकलाई सुसुचित गर्न नसकिएको भन्दै पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनीधिहरुले गरेका राम्रा कामहरूकाे प्रभावकारी प्रचारका लागि पार्टीका नेताहरुलाई प्रशिक्षण गर्न लागिएको प्रचार विभागका केन्द्रीय सदस्य तथा महासमिति सदस्य कृष्णप्रसाद बस्यालले जानकारी दिए ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग र त्यसको प्रभाव बढीरहेको बताउँदै सत्य र तथ्यमा आधारित प्रचारले जनमानसमा पनि सही सूचना प्रसार हुने र सामाजिक सञ्जाल प्रयोगकर्ताको समेत विश्वास अभिबृद्धि हुने बताए । प्रशिक्षण कार्यक्रममा पार्टीका तर्फबाट पूर्ण सहयोग रहने पनि उनलेे प्रतिवद्धता जनाए ।

एक दिनको यो प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट समेत गरी करिव ५ सयको सहभागिता रहने सूचना, सञ्चार तथा प्रचार विभागकी केन्द्रीय सदस्य फूलु सुनारले बताइन् । उनका अनुसार सूचना, सञ्चार तथा प्रचार विभागले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्नेगरी यहि फागुन ९ गतेदेखि प्रशिक्षण कार्यक्रम सुरु गरेको हो ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.