Demo
Demo

बुटवल,२४ फागुन ।
नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको नयाँ अंक शनिबार बुटवलमा सार्वजनिक गरिएको छ ।

पत्रिकाको बर्ष २७ अंक ४, (त्रैमासिक पूर्णाङ्क १०)

यस अंकको मुख्य पात्रको रूपमा रहेका बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको आवरण चित्रसहित बुटवल खस्याैलीसँग सम्बन्धित बिबिध बिषय समेटिएको पत्रिकाकाे जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल,नगर प्रमुख पाण्डेय,पत्रकार समेत रहेका लेखक तथा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीलगायले सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख खनालले पाल्पा र बुटवलको सदियाैदेखिकाे सामाजिक सांस्कृतिक र ब्यवसायीक सम्बन्ध रहेको स्मरण गर्दै पत्रिकाले पाल्पा र बुटवललाई जाेड्ने प्रयास गरेको बताए ।

पाल्पा घर र बुटवल घरको आगन भएको भन्दै उनलेे आगन सफा भए घरकाे अवस्था झल्काउने उल्लेख गरे । पछिल्लो समय अधिकारकाे कुरा गर्ने तर आफ्नो कर्तव्य, जिम्मेवारी र दायित्व निर्वाह नगर्ने प्रबृत्ति बढेको भन्दै समन्वय प्रमुख खनालले संचार माध्यमले सबैका अधिकारसँगै कर्तव्य,जिम्मेवारी र दायित्व बारे सचेत गराउनुपर्नेमा जाेड दिए ।

एकाङ्गी रूपमा कुनै एउटा बर्गकाे मात्रै कुरा गरेर समाज रूपान्तरण नहुने भन्दै उनलेे सबैले आ आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गरे मुलुक समृद्ध बन्ने धारणा राखे ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवल आफ्नो लागि विश्व विद्यालय भएको भन्दै यस क्षेत्रका जनताको मनको राजधानी बुटवलनै रहेको बताए ।

आफ्नो परिक्षाकाे प्रश्नपत्र चुनावकाे घाेषणा पत्र भएको भन्दै उनलेे घाेषणापत्रमा गरेका प्रतिवद्वता कसरी पुरा गर्ने भन्नेमा दिनरात लागिपरेको उल्लेख गरे ।

शिक्षा, स्वास्थ, राेजगार, ब्यापार ब्यवसायकाे हिसाबले बुटवलमै भविष्य देखेर बुटवलमा बसाेवास गर्नेकाे जमात ठूलो रहेको भन्दै नगर प्रमुख पाण्डेयले आफु प्रतिकाे आशा भराेसालाई निराशामा परिणत हुन नदिने प्रतिवद्वता ब्यक्त गरे ।

शिक्षा,स्वास्थ्य,राेजगारी एवं ब्यापार ब्यवसायका हिसाबले बुटवल देशकै महत्त्वपूर्ण शहरको रूपमा विकसित हुदै गएको भन्दै उनलेे कालिगणडकी करिडोरलाई बुटवलको समृद्धिसँग जाेड्ने प्रयास गरेको जानकारी गराए ।

नेतृत्वलाई दाेष दिएर आफु उम्किन नमिल्ने भन्दै उनलेे बुटवलवासीकाे चाहना अनुसार स्वच्छ,सफा,उज्यालो,सुरक्षित,समृद्ध र बस्नयाेग्य बुटवल बनाउने आफ्नो एजेन्डा रहेको बताए ।

कार्यक्रममा पत्रिकाकाे बर्तमान अंकमा समेटिएका बिषयवस्तु बारे चर्चा गर्दै पत्रकार समेत रहेका लेखक तथा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीले पत्रिकाकाे यो अंकमा संघीय लाेकतान्त्रिक गणतन्त्रका अवसर,चुनाैती तथा यसका सञ्चालक प्रतिकाे निराशालाई उजागर गरेको बताए ।

पत्रिकाकाे हरेक अंक फरक बिषयवस्तु समेट्ने प्रयास गरेको भन्दै उनलेे यसलाई निरन्तरता दिनुपर्नेमा जाेड दिए ।

पत्रिकाका अध्यक्ष सीता गाैतमकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा पश्चिम नेपाल बस ब्यवसायी संघका अध्यक्ष दधिराम खरेल, नेपाल मगर संघ केन्द्रीय सदस्य मधु राना,पुर्व कर्मचारी टुकराज पाण्डे, पत्रिकाका सम्पादक गाेविन्द भट्टराईलगायतले पत्रिकाकाे बारेमा परिचर्चा गरेका थिए ।

साे अवसरमा नवसर्जक ओजस्वी शर्मालाई सम्मान गरिएको थियो ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.