Demo
Demo

बुटवल,१८ चैत ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशकाे तेस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलन मंगलबार बुटवलमा हुने भएको छ ।

महासंघले साेमबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशन तथा महिला उद्यमी सम्मेलनकाे तयारी बारे जानकारी गराएको हो ।

कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष नेत्रप्रसाद पाठकले लघु घरेलु तथा साना उद्योगीहरूलाई राज्यले प्रवर्द्धन गर्नुपर्नेमा जाेड दिए ।

राज्पले उद्योगमैत्री नीति नबनाउदा गद्योगीहरू पलायन हुदै गएको भन्दै उनलेे औद्याेगिक क्षेत्रकाे ब्यवस्थापन हुन नसक्दा उद्योग सञ्चालनमा कठिनाई भएको बताए ।

युवाहरूकाे विदेश पलायन राेकेर स्वदेशमै स्वराेजगार बन्ने वातावरण बनाउनुपर्नेमा जाेड दिदै उनलेे उद्योग दर्तामा एकद्वार प्रणाली लागु गर्न जरुरी रहेको उल्लेख गरे ।

औद्याेगिक विकासका लागि औद्याेगिक सुचनाकेन्द्र स्थापना गर्नुपर्ने माग गरे पनि अझैसम्म बन्न नसकेको भन्दै अध्यक्ष पाठकले उद्योगमा विद्युत जडान,उद्योग दर्तामा एकद्वार प्रणाली लागु गर्नुपर्ने र औद्याेगिक सुरक्षा जस्तो बिषयमा राज्य गम्भीर हुनुपर्ने आफुहरूकाे माग रहेको बताए ।

त्यस्तै कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ अन्तर्गतको महिला समिति अध्यक्ष शान्ता शर्माले लघु घरेलु तथा साना उद्योगकाे प्रवर्द्धन बिना मुलुककाे आर्थिक विकास असम्भव रहेको भन्दै तीन तहकै सरकार उद्योगमैत्री नभएको गुनासो गरिन् ।

१२ जिल्लाका २४३ प्रतिनिधि सहभागी हुने अधिवेशनले महासंघकाे नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.