Demo
Demo

बुटवल,१७ चैत ।
राष्ट्रिय जनमुक्ति पार्टीका नेताहरूले प्राप्त उपलब्धिकाे रक्षा र मुलुककाे समग्र विकासका लागि गणतन्त्र पक्षधरहरू एक ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् ।पार्टी निकट राष्ट्रिय महिला माेर्चा रूपन्देहीद्वारा आइतबार भैरहवामा आयोजित बिराेध तथा भण्डाफाेर कार्यक्रममा बाेल्ने नेताहरूले नेपाली जनताको लामाे संघर्ष र बलिदान बाट प्राप्त संघीय लाेकतान्त्रिक गणतन्त्र मास्ने षड्यन्त्र भइरहेकोले त्यसका बिरूद्व गणतन्त्र पक्षधर एकजुट हुनुपर्ने बताएका हुन ।

नेपाली जनताको लामाे संघर्ष र बलिदान बाट मुलुकमा संघीयता,समावेशी समानुपातिक जस्ता उपलब्धि प्राप्त भएको भन्दै उनिहरूले प्राप्त उपलब्धि जाेगाइराख्न र जनचाहना अनुरूप सत्ता सञ्चालन गर्ने बिषयमा सबै गणतन्त्र पक्षधर शक्तिहरू एकजुट हुनुपर्नेमा जाेड दिए ।

पछिल्लो समय मुलुकमा विकसित गणतन्त्र बिराेधि क्रियाकलाप तथा सरकारका गलत काम कारबाहीकाे बिराेध तथा भण्डाफाेर कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीकी सचिव गिता सारूले नेपाली जनताको लामाे संघर्ष र बलिदान बाट मुलुकमा संघीय लाेकतान्त्रिक गणतन्त्र प्राप्त भएको भन्दै प्राप्त उपलब्धि मास्ने अधिकार कसैलाई नभएको बताइन् ।

सत्ता संञालकहरूकाे गलत क्रियाकलापका कारण गणतन्त्र बिराेधी शक्ति सल्बलाउने अवस्था आएको भन्दै उनलेे जनताको असन्तुष्टिलाई उचालेर ब्यवस्थानै बदल्ने षड्यन्त्र बिरूद्व गणतन्त्र पक्षधर शक्ति एकजुट हुनुपर्नेमा जाेड दिइन् ।

ब्यवस्था परिवर्तन भए पनि जनताको अवस्था नबदलिएकाे र जनतामा निरासा छाएको भन्दै उनलेे त्यसैकाे बहानामा आन्दोलनबाट प्राप्त उपलब्धि मास्ने अधिकार कसैलाई नभएको बताइन् ।

जनतामा ब्याप्त असन्तुष्टिलाई उचालेर गणतन्त्र बिराेधिहरूले धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेको भन्दै सारूले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गरिन् ।

राजतन्त्रकालमा भएका ज्यादती बारेमा जानकार नभएका भर्खर स्कुल र क्याम्पस पढ्दै गरेका युवाहरूलाई राष्ट्रिय झन्डा बाेकाएर गणतन्त्र बिराेधि आन्दोलनमा दुरुपयोग गरिएकाे उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका अर्का सचिव
माेजिब अलीले संघीय लाेकतान्त्रिक गणतन्त्र भन्दा उच्चतम ब्पवस्था अन्य कुनै ब्यवस्था नरहेको भन्दै जनतामा ब्याप्त निरासा र असन्तुष्टिलाई उचालेर मुलुकमा पुनः निरंकुश राजतन्त्र ल्याउने षड्यन्त्रप्रति सबै सचेत हुनुपर्ने बताए ।

मुलुकमा ब्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएकाेमा जनतामा निराशा र असन्तुष्टि छाउनु स्वभाविक भएको र त्यसमा जनमुक्ति पार्टी पनि असन्तुष्ट रहेको बताउदै उनलेे तर त्यसैलाई उचालेर प्राप्त उपलब्धि मास्ने कार्य स्वीकार्य नहुने चेतावनी दिए ।

“सत्ता सञ्चालकहरूले जनचाहना अनुरूप सत्ता सञ्चालन गर्न नसकेको कुरामा दुई मत छैन । तर त्यसको आडमा प्राप्त उपलब्धि उल्ट्याएर मुलुकमा पुनः एकतन्त्रीय तानाशाही ब्यवस्था ल्याउने षड्यन्त्र स्विकार्य छैन ।” -उनलेे भने ।

राष्ट्रिय महिला माेर्चा जिल्ला समिति रूपन्देही अध्यक्ष टिका आलेकाे अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरूङ,मगर महासंघका केन्द्रीय अध्यक्ष छत्र दर्लामी,राष्ट्रिय महिला माेर्चाकी केन्द्रीय बरिस्ठ उपाध्यक्ष मधु राना,जनमुक्ति युवा महासंघका केन्द्रीय उपाध्यक्ष सुन्दर गुरूङ,पार्टीका रूपन्देही जिल्ला अध्यक्ष प्रेम थापा,महिला नेतृ राधिका श्रीसलगायतले सरकारका गलत क्रियाकलापका कारण गणतन्त्र बिराेधिहरू सल्बलाएकाे भन्दै त्यसका बिरूद्व गणतन्त्रवादीहरू एकजुट हुनुपर्नेमा जाेड दिए ।

बिचाैलियाहरूकाे स्वार्थमा केही महिनापछि अबकास हुन लागेका नेपाल बिद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले ठूलो भूल गरेको भन्दै उनिहरूले कुलमानलाई पुनर्बहाली गर्न माग गरे ।

दैनिक १८ घण्टाकाे लाेडसेडिङबाट मुक्त गराई मुलुकलाई उज्यालाे बनाउने कुलमानलाई हटाएर सरकारले मुलुकलाई पुनः अध्याराेमा फर्काउने दुस्प्रयास गरेको भन्दै उनिहरूले लाेडसेडिङ भएको अर्को दिन देश ठप्प पार्ने चेतावनी दिए ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.