Demo
Demo

बुटवल,२५ चैत ।

पछिल्लो समय रगतको अभाव भैरहेको वेला हस्पिटल प्रा लि ले स्वास्थ्य दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो । रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजना गरिएको रक्तदानमा ६४ युनिट रगत संकलन भएको हस्पिटलले जनाएको छ ।

बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । आफ्नो वार्षिक कार्यक्रम अुनशार आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका चिकित्सकहरु, नर्सिङ स्टाफहरु,अन्य मेडिकल तथा प्रशासनका कर्मचारीहरु, सरसफाईकर्मी तथा सुरक्षाकर्मीहरु, क्यान्टीनका कर्मचारीहरु, विरामीका आफन्त तथा शुभेच्छुकहरुले रक्तदान कार्यक्रममा भाग लिएका थिए ।

रक्तदानमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले अस्पतालहरुमा रगतको अभाव भैरहेको सन्द्रभ पारेर रक्तदान कार्यक्रम गरिएको बताए । रगतदान गरेमा अर्को एक जना बिरामीको ज्यान वच्न सक्छ भन्ने भावनाकासाथ हस्पिटलले नियमित रुपमा रक्तदान गर्दै आएको अध्यक्ष पाैडेलले जानकारी दिए ।

रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा हस्पिटलले रक्तदान कार्यक्रम गरेको अस्पतालका मेडिकल सुपेरटेण्डेन डा कृष्ण प्रसाद खनालले बताए ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.