Demo
Demo

बुटवल,२८ चैत

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले वडा नं ८ का जेष्ठ नागरिक चुन्नप्रसाद पाैडेललाई राष्ट्रिय परिचयपत्र बितरण गरेर कार्यक्रमकाे सुभारम्भ गरेका हुन् ।

साे अवसरमा नगर प्रमुख पाण्डेयले जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट बितरण हुने राष्ट्रिय परिचयपत्र र गरिब परिचयपत्र जनताको सहजताका लागि स्थानीय तहका वडा कार्यालय मार्फत बितरण गर्न लागिएको भन्दै त्यसमा वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूले सहजिकरण गर्नुपर्नेमा जाेड दिए ।

वडा बाटै राष्ट्रिय परिचयपत्र तथा गरिब घरपरिवार परिचयपत्र बितरण गर्ने ब्यवस्था हुँदा जनतालाई सहज हुने भन्दै नगर प्रमुख पाण्डेयले जनतालाई सहजरूपमा सेवा प्रवाह गर्नु जनप्रतिनिधिकाे जिम्मेवारी र दायित्व भएको उल्लेख गरे ।
परिचयपत्र बितरण गर्दा टाेकन प्रणाली लागु गरी आफ्नो पालाेमा बाेलाउने र जेष्ठ नागरिक तथा असक्तहरूलाई प्राथमिकता दिन पनि नगर प्रमुख पाण्डेले आग्रह गरे ।

उपप्रमुख सावित्रा देवी अर्यालले जनताको सहजताका लागि स्थानीय तहमार्फत परिचयपत्र बितरण गर्ने ब्यवस्था भएको भन्दै सहज रूपमा परिचयपत्र बितरण गर्ने कार्यमा जनप्रतिनिधिले सहजिकरण गर्नुपर्नेमा जाेड दिइन् ।

परिचयपत्र बितरणका क्रममा कुनै समस्याआएमा सम्बन्धित निकायसँग छलफल गरेर समाधान गरिने उनलेे बताइन् ।
बुटवल उपमहानगरपालिका वडा नं ८ का कार्यबाहक वडा अध्यक्ष तुलबहादुर थापाकाे सभापतित्वमा भएको कार्यक्रममा वडा सचिव बिष्णु श्रेष्ठले परिचयपत्र बितरणकाे तयारी र प्रक्रिया बारे अवगत गराएका थिए ।

त्यस्तै बुटवलको वडा नं ३ र ४ मा पनि आजैदेखि परिचयपत्र बितरण कार्य सुरु भएको छ ।

तीनवटै वडामा नगर प्रमुख पाण्डेय,उपप्रमुख अर्यालले सम्बन्धित वडाका जेष्ठ नागरिकहरूलाई परिचयपत्र प्रदान गरी कार्यक्रमकाे सुभारम्भ गरेका थिए ।

पहिलो चरणमा बुटवलकाे वडा नं २,३,४,५,७,८ र ९ सम्मका ४६ हजार ९८० जनालाई राष्ट्रिय परिचयपत्र तथा १ हजार २६२ गरिब घरपरिवार परिचयपत्र बितरण गर्ने तयारी भएको बुटवल उपमहानगरपालिका पञ्जिकरण शाखाकी अधिकृत संगिता अर्यालले जानकारी दिइन् ।

रूपन्देही जिल्लामा पहिलोपटक बुटवलबाट परिचयपत्र बितरण कार्य सुरुवात भएको हो ।

परिचयपत्र लिन स्वयं ब्यक्ति उपस्थित हुनुपर्ने र आवेदन फारम भरेको भर्पाई लिएर आउनुपर्ने त्याे नभए नागरिकताकाे प्रतिलिपी लिएर आउनुपर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागका कर्मचारीहरूकाे भनाइ छ ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.