Demo
Demo

बुटवल,१२

नेकपा एकीकृत समाजवादी बुटवल उपमहानगर उद्मिटीको दाेस्राे अधिवेशन भाेली बैशाख १३ गते हुने भएको छ ।

साे पार्टीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनकाे तयारी बारे जानकारी गराएको हो ।

अधिवेशनकाे पार्टीका केन्द्रीय सचिव तथा पुर्वमन्त्री साेमप्रसाद पाण्डेले उद्बघाटन गर्ने कार्यक्रम रहेको नगर अध्यक्ष चिनबहादुर गुरूङले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका भित्र ६५४ जना संगठित सदस्य रहेको साे पार्टीको अधिवेशनले ६३ सदस्यीय नयाँ कमिटी चयन गर्ने जनाइएको छ ।

नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरपालिका अध्यक्ष चिनबहादुर गुरूङकाे अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सिद्विचरण भट्टराई,नगर कमिटी उपाध्यक्ष रूक्मागत घिमिरे,सचिव लाेकराज शर्मालगायतले अधिवेशनकाे तयारी र पार्टीको आगामी योजना बारे आ आफ्नो भनाइ राखेका थिए ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.