Demo
Demo

बुटवल,२६ माघ ।
बुटवलमा प्रधान कार्यालय रहेकाे शाइन रेसुङ्गा डेभलपमेण्ट बैंककाे सथापना दिवसमा राष्ट्रिय स्तरकाे दाैड प्रतियाेगिता आयाेजना गरेकाे छ ।

बैंकले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी आगामी फागुन ११ गते ‘रन टु शाइन’ भन्ने नाराका साथ ‘शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता गर्न लागिएकाे जानकारी गराएकाे हाे ।

बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय विधाको रुपमा रहेको १० किलोमिटरको राष्ट्रिय स्तरको दौड प्रतियोगिता गर्न लागिएकाे बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पाैडेलले जानकारी दिए । विगत १६ वर्षदेखि वित्तिय काराेवार गर्दै आएकाे शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले समाजिक उत्तरदायित्व बहन गरी विभिन्न प्रकारका सामाजिक क्रियाकलाप गर्दै आएकाे भन्दै उनलेे त्यसैको निरन्तरता स्वरुप राष्ट्रिय स्तरको दौड प्रतियोगिता आयोजना गरिएको बताए ।

उनका अनुसार राष्ट्रिय स्तरका धावक सहभागी रहने प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ राखिएको छ । प्रतियोगिता खुल्ला, स्थानीय ५० वर्ष सम्म र स्थानीय ५० वर्ष भन्दा माथीको गरि तिन विधामा हुनेछ ।

प्रतियोगितामा पुरुष तथा महिला विधाका विजेता धावकलाई जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै दोस्रो हुनेलाई जनही ४० हजार, तेस्रो हुनेलाई जनही २० हजार, चौथो हुनेलाई जनही १५ हजार र पाँचौ हुनेलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै, स्थानीय धावकको सहभागीता बढाउन ५ किलोमिटरको दौडमा ५० वर्ष सम्म र ५० वर्ष भन्दा माथीको गरि दुई विधामा प्रतिस्पर्धा गराईने छ । याे प्रतियाेगितामा विजेता महिला पुरुष खेलाडीलाई जनही १५ हजार, दोस्रोलाई १० हजार, तेस्रोलाई ५ हजार र चौथोललाई २ हजार पाँच सय रुपैयाँ प्रदान गरिने ब्राण्ड तथा एचआर डिपार्टमेन्ट प्रमुख प्रभास राईले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुनकाे लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाइट गएर नाम दर्ता गर्नु पर्नेछ । प्रतियाेगिता बुटवलकाे कालिकानगर स्थित बैंकको केन्द्रिय कार्यालयबाट सुरु भएर मणिग्राम चोक हुँदै पुन केन्द्रिय कार्यालयमा पुगेर समापन हुनेछ ।

प्रतियाेगिता गर्नकाे लागि राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघसंग स्वीकृति लिईएकाे र स्थानीय पालिकासंग समेत सहकार्य गरिने प्रमुख कार्यकारी अभिकृत पाैडेलले बताए ।

प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन गर्ने जिम्मवारी लिएकाे कखरा इभेन्टका प्रमुख कार्यकारी अधिकृत हिमबिक्रम केसीले प्रतियाेगितालाई व्यवस्थित गर्न प्रहरी, प्रशासन, स्थानीय पालिका सबै पक्षसंग समन्वय गरिने बताए ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.