Demo
Demo

बुटवल,७ चैत ।
बुटवल ब्याडमिन्टन क्लबकाे आयोजनामा आजदेखि बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवललाई खेलकुदकाे माध्यमबाट पनि चिनाउन र खेल पर्यटन मार्फत समृद्धि हाशील गर्ने योजना अनुसार बुटवल उपमहानगरपालिकाले खेलकुद क्षेत्रमा करोडौं रकम छुट्टयाइएको बताए ।

शरिरिक स्वास्थ्य र अनुशासनका लागि पनि खेलकुद आवश्यक रहेको भन्दै उनलेे बुटवललाई खेलमय बनाउने उदेश्यले उपमहानगरपालिका आफैंले ५८ वटा बिभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको र केही ठूला प्रतियोगिताहरू अन्य संस्थासँगकाे सहकार्यमा गरिरहेको जानकारी गराए ।

बुटवल उपमहानगरपालिकाले खेलकुदलाई बिशेष महत्त्व दिएकाे भन्दै नगर प्रमुख पाण्डेयले विद्यालय तहबाटै खेलकुदकाे विकास गर्न विद्यालय स्तरीय बिभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियोगिताहरू सञ्चालन गरिएको बताए ।

खेल पर्यटनका साथै धार्मिक पर्यटनकाे माध्यमबाट पनि बुटवललाई समृद्ध बनाउने आफुहरूकाे योजना रहेको भन्दै उनलेे त्यसका लागि आवश्यक पुर्वाधार तयार गर्ने कार्य भइरहेको उल्लेख गरे ।

उनलेे खेलकुद क्षेत्रकाे विकासका लागि धेरै बजेट छुट्याउने पालिका मध्ये बुटवल अग्र स्थामा रहेको दाबी गरे ।

बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष पंकज ज्ञवालीकाे सभापतित्व र नगर प्रमुख पाण्डेयकाे प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा सिद्वार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा,नेपालकै पुराना ब्याडमिन्टन खेलाडी कुमार माेहन बिक्रम शाही,संघका द्वितीय उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सम्भु भट्टराईलगायतले प्रतियोगिताको आवश्यकता र औचित्यबारे आ आफ्नो भनाइ राखेका थिए ।

साे अवसरमा नेपालमा ब्याडमिन्टन खेलकाे विकास र बिस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएकाे भन्दै ८१ बर्षिय खेलाडी कुमार माेहन बिक्रम शाहीलाई सम्मान गरिएको थियो ।

तीनदिनसम्म चल्ने प्रतियोगितामा विभागिय टोलीसँगै एक सय टिमको सहभागीता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए ।

बिभिन्न ६ विधामा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार,द्वितीय हुनेले ३० हजार,तृतीय हुनेले १५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.