Demo
Demo

बुटवल,१० चैत ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अधिकार स्थापित गर्न समग्र दलित समुदाय एकजुट हुनुपर्ने र संविधानले निर्दिष्ट गरेका सबै जात जाती र समुदायका हक अधिकार स्थापित गर्ने कार्यमा बुटवल उपमहानगरपालिका प्रतिवद्व रहेको बताएका छन् ।

 

 

 

 

 

अन्तर्राष्ट्रिय रङ्गभेद उन्मुलन दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाद्वारा आइतबार आयोजित सराेकारवालाहरूसँगकाे अन्तर्क्रिया कार्यक्रममा नगर प्रमुख पाण्डेयले नेपालकाे संविधानले सबै जात जाती,भाषा भाषी तथा समुदायको हक अधिकार बारे ब्यवस्था गरेको भन्दै ती अधिकार कार्यान्वयन गराउने बिषयमा आफुहरू प्रतिवद्व रहेको बताए ।

जातीय हक अधिकारका साथै दलित तथा पछाडि परेका समुदायको आर्थिक रूपमा समृद्ध बनाउन उपमहानगरपालिकाले बिभिन्न किसिमका सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी गराउदै उनलेे सामाजिक रूपान्तरसहितको विकासमा आफुहरूले जाेड दिएको बताए ।

उनलेे दलित समुदायको आर्थिक विकासका लागि उपमहानगरपालिकाले सुनचाँदीका गरगहना बनाउने तालिम,आरन व्यवस्थापन,पञ्चेबाजाको तालिमलगायतका रोजगारसंग जोड्ने विभिन्न सीपमुलक तालिमहरु प्रदान गर्दै आएको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता घनश्याम पन्तले जातीय बिभेद बारे संबैधानिक ब्यवस्था तथा प्रचलित कानुनकाे बिषयमा प्रस्तुतिकरण गरेका थिए भने अर्का अधिकारकर्मी जिवन परियारले नेपालमा जातीय बिभेदकाे अवस्था र कानुनी प्रवन्ध बारे बिश्व प्रस्तुतिकरण गरेका थिए ।

दलित उत्थान समन्वय समिति बुटवल उपमहानगरपालिकाका सहसंयोजक रवि विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष रामकुमार रणपाल, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली, परियार सेवा समाज रुपन्देहीका वरिष्ठ उपाध्यक्ष नरेन्द्र दर्जी, कान्ति परियार, जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य सावित्रा विश्वकर्मा, नेपाली कांग्रेसका युवा नेता सुन्दर गहतराज,नेपाल दलित संघका अध्यक्ष अर्जुन रसाली,डोलेन्द्र गहतराजल, नरेन्द्र दर्जी, डिल बहादुर नेपाली, रेबन्त विक, उत्पीडित जातिय मुक्ति समाजका पूर्व अध्यक्ष जुद्ध बहादुर विक,डोलेन्द्र गहतराजलगायतले बोल्दै २१ औं शताब्दीमा पनि नेपाली समाजमा छुवाछूत कायम रहनु बिडम्बनापुर्ण भएको गुनासो गरेका थिए ।

उनिहरूले जातीय बिभेद अन्तयका लागि दलित तथा गैरदलित समुदायहरु सबैले व्यवहारबाटै विभेद हटाई समतामुलक समाज निर्माण गर्नुपर्नेमा जाेड दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाभित्रका विभिन्न वडाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु,दलित समुदायका अगुवालगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य सुनिता खड्लुकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य कृष्ण सुनारकाे सहजिकरणमा सम्पन्न भएकाे थियो ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.