Demo
Demo

बुटवल,११ चैत ।
बुटवलमा आजदेखि अब्यवस्थित बसाेबासी जग्गाको नापजाँच सुरु भएको छ ।

नापजाँच कार्यकाे बुटवल उपमहानगरपालिका वडा नं ११ माथिल्लो मजुवामा साेमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् ।

साे अवसरमा नगर प्रमुख पाण्डेयले बुटवलमा १६ हजार बढी भूमिहीन सुकुम्बासी तथा अब्यवस्थित बसाेबासीहरू रहेको भन्दै उनिहरूकाे हातमा लालपुर्जा नदिएसम्म आफु मेयर भएको अनुभुती नहुने बताए ।

बुटवलमा २००९ सालदेखि बसाेवास गरेकाहरूले पनि अझैसम्म लालपुर्जा पाउन नसकेको भन्दै नगर प्रमुख पाण्डेयले हिजो मात्रै भूमि आयोगबाट अब्यवस्थित बसाेवासीहरूलाई जग्गा धनी प्रमाण पुर्जा बितरण गर्नेगरी जग्गाको नापजाँच गर्ने अख्तियारी दिएसँगै भूमि आयोग र उपमहानगरपालिकाकाे प्राबिधिक टोलीले आजैदेखि काम सुरु गरेको जानकारी गराए ।

वडा नं ११ काे विकासका लागि उपमहानगरपालिकाले सबैभन्दा धेरै २५ करोड रूपयाँ बजेट छुट्टयाइएको भन्दै नगर प्रमुख पाण्डेयले आगामी बर्ष पनि आवश्यकताकाे आधारमा थप बजृट छुट्याउने प्रतिवद्वता ब्यक्त गरे ।

तिनाउ दानव करिडोरका कारण बिस्थापित हुनेहरूमध्ये कम्तीमा पाँच सय घर बिस्थापित हुन नपर्ने गरी नयाँ मापदण्ड बनाउन सकिने बताउदै उनलेे स्थानीयकाे सहमति भए त्यस्तो मापदण्ड बनाएर कार्यान्वयन गरिने उल्लेख गरे ।

भूमि आयोग रूपन्देहीका अध्यक्ष कुमार थापाले देशकै सबैभन्दा धेरै भूमिहीन सुकुम्बासी तथा अब्यवस्थित बसाेवासी रहेको जिल्ला मध्ये रूपन्देही दाेस्राे नम्बरमा रहेको भन्दै बर्तमान भूमि आयोगले भूमि सम्बन्धि समस्या सदाका लागि अन्त्य गर्नेगरी काम सुरु गरेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले साे वडा बुटवलकै सबैभन्दा धेरै भूमिहीन सुकुम्बासी तथा अब्यवस्थित बसाेबास रहेको भन्दै अब लालपुर्जा बितरण हुने बिश्वास ब्यक्त गरे ।

बुटवल उपमहानगरपालिका नापी शाखा प्रमुख त्रिदेव बुढाथोकीले पहिलो चरणमा तीन कित्ता जग्गाको लालपुर्जा बितरण गर्न अनुमति पाएकाेले साे क्षेत्रमा बसाेबास गरेकाहरूकाे जग्गा नापजाँच गरी लालपुर्जा तयार गर्नेगरी काम सुरु गरिएको बताए ।
लालपुर्जा पाइने आशमा स्थानीय खुसी
पटकपटक आयाेग गठन भई जग्गा नापजाँच भए पनि जग्गा धनी प्रमाण पुर्जा पाउन नसकेका स्थानीय जग्गा नापजाँच सुरु भएसँगै खुसी भएका छन् ।

बिगत २६ बर्षदेखि टोल बिकास संस्थाकाे टोल विकास संस्थाकाे नेतृत्व गर्दै आएका आत्म बहादुर रानाले पटकपटक आयोग गठन भई फाराम भर्ने र जग्गा नापजाँच गर्ने गरे पनि लालपुर्जा नपाएको भन्दै यसपटक लालपुर्जा पाइने आशा गरेको बताए ।

स्थानीय इन्द्रा बिष्ट र लक्ष्मी कंडेलले पनि अब्यवस्थित बसाेबासीलाई जग्गा धनी प्रमाण पुर्जा बितरण गर्न जग्गाको नापजाँच सुरु भएकोमा खुसी ब्यक्त गरे ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.