Demo
Demo

कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले कोशी प्रदेशमा बाढी पहिरोबाट खानेपानी तर्फ १७ करोड र सिँचाइ तर्फ १४ करोड रुपियाँको क्षति भएको बताउनुभएको छ ।

मोरङको बेलबारी–३ स्थित बेलबारी साना सहरी खानेपानी तथा सरसफाई संस्थाको छटौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले कोशी प्रदेशमा २१ जनाको मृत्यु, ४ जना बेपत्ता, १४ जना घाइते, २२३ वटा घर पूर्णरुपमा क्षति र ६२७ वटा घरमा आंशिक क्षति भएको जानकारी दिनुभयो । मन्त्री कार्कीले उर्जा क्षेत्रमा अझ बढी क्षति भएको बताउँदै दुई वटा हाइड्रोपावरमा पूर्ण र आठ वटामा आंशिक क्षति भएको उल्लेख गर्नुभयो ।

खानेपानी घर घरमा पु¥याउने सरकारको जिम्मेवारी भएपनि स्थानीय स्तरमा सञ्चालन भएका खानेपानी संस्थालेहरू ठूलो भरथेग गरेको मनत्री कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, कोशी प्रदेशमा हाल १ हजार ७ सय वटा खानेपानीका नयाँ आयोजना सुचारु हुँदैछन् । खानेपानी तीनै तहका सरकारको साझा सूचीमा पर्ने बताउँदै कार्कीले भन्नुभयो, “अब एउटा सरकारले मात्र यति धेरै आयोजना सम्पन्न गर्न सम्भव छैन ।” त्यसर्थ खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयले ऐन निर्माण गरेर हिमाली क्षेत्रमा ५० घर धुरीका लागि ५० लाखको आयोजना, पहाडी क्षेत्रमा १ सय घरधुरीका लागि १ करोडको आयोजना र तराईमा ५ सय घरधुरीका लागि ५ करोडको आयोजना मात्र प्रदेश सरकारले सञ्चालन गर्ने बताउनुभयो ।

मन्त्री कार्कीले मन्त्रालयसँग पौने ५ अर्व पैसा भएको बताउँदै ३ वटा विभागलाई त्यो पैसा कति कति दिनु ? उहाँले खानेपानीका मात्र ६० वटा सशर्त आयोजना रहेको बताउँदै प्रदेश सरकार अस्थिर हुँदा विकास निर्माणका कामले गति लिन नसकेको उल्लेख गर्नुभयो । मन्त्री कार्कीले भन्नुभयो, जब जब देशमा संकट पर्छ त्यतिबेला कांग्रेस र एमाले एकजुट भएर संकटको समाधान गरेको इतिहास रहेको छ । अहिलेको संकट पनि कांग्रेस एमाले सरकारले टार्ने र प्रदेश सरकार स्थिर हुने मन्त्री कार्कीको भनाइ छ ।

संस्थाका अध्यक्ष किशोरकुमार कार्कीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य एवम् खानेपानी आयोजनाका लागि जग्गादान गर्नुहुने जग्गादाता ज्ञानेन्द्र सुबेदी लगायत संस्थापकहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा सांसद सुबेदी, मोरङ ३(क) का प्रदेशसभा सदस्य मानबहादुर लिम्बू, प्रदेश सभा सदस्य गीता तिम्सिना, पूर्व अध्यक्ष महेन्द्रप्रसाद सुबेदी र प्रेमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुभयो ।

२०६१ सालमा स्थापना भएको बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बेलबारी नगरपालिकाका वडा नं. १, २ र ३ नं. वडाका सबै क्षेत्र र वडा नं.४ का केही स्थानमा खानेपानी विस्तार गरेको छ । हालसम्म २ हजार ८४२ घरधुरीले खानेपानीको धारा जडान गरेका छन् ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.