Demo
Demo

विवाहित महिलाहरूबिचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्नभिन्न प्रतिभा प्रदर्शन गरेका छन् ।

राजधानीको धुम्बाराहीमा अवस्थित भ्वाइस अफ नेपालको स्टुडियोको सेटमा सम्पन्न ट्यालेन्ट शोमा मिसेस नेपाल वर्ल्ड २०२४ मा सहभागी २९ विवाहित सुन्दरीले नृत्य, गायन, भाषण कला, चित्रकला, योगा, अभिनय, ड्रेस डिजाइनिङलगायतका आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका थिए ।

प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीहरुले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने बताए ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी आगामी कार्तिक १० गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी झाले गराए ।

रिवन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वर्ल्ड २०२४ को ट्यालेन्ट शोमा रंगकर्मी तथा अभिनेता विरेन्द्र हमाल, अभिनेता तथा अधिवक्ता कृष्ण ढुङ्गाना, पत्रकार तथा गीतकार डब्बु क्षत्री, नृत्य निर्देशक जोगेन्द्र केसी, गायक झुमा लिम्बु, अभिनेत्री सिर्जना अधिकारी र संगीतकार दीपक शर्मा निर्णायक रहेका थिए ।

कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफीमा हुने प्रतियोगितामा प्रगति श्रेष्ठ, ज्योति शर्मा, सुशिला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ्ग, उषा किरण अधिकारी, सिर्जना व्यञ्जनकार, अम्बिका गौतम, सुयशा राउत, सहारा तिमल्सिना आचार्य, बिनिता ढकाल, अलिना घिमिरे, नानु सिंह, प्रगति अमात्य, सृजना श्रेष्ठ, संगीता गौतम, दीपतारा लुइँटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिमरन कार्की, सारा तामाङ, माया लामा, निर्मला कार्की, रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टि अर्याल र दीपा विश्वकर्मा सहभागी छन् ।

यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, नर्स र २–२ पटक क्यान्सर जितेको महिलासम्म अन्तिम स्पर्धाका लागि छानिएका छन् ।

यस वर्ष पनि मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने छिन् ।

सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेता समेत चयन गरिने भएको छ । यी उपाधि विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको आयोजकले जानकारी गराएका छन् । प्रतियोगिता आइना गजुरेलको सह कोरियोग्राफी, रानी खरेल र सम्राट शाहको संयोजनमा सम्पन्न हुनेछ ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.